नियम ३३
कानूनी स्वामित्वको निस्सा
९ ऐनको दफा १८ को उपदफा ९१० बमोजिम आखेटोपहारको निस्सा लिनु पर्ने व्यक्तिले ऐन लागू हुनु भन्दा अगावै आखेटोपहार प्राप्त गरेको हो भन्ने प्रमाणसाथ २०३६ साल पौष मसान्तसम्म अनुसूची (१४ बमोजिमको ढाँचामा उपनियम ९२० बमोजिम अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिई त्यस्तो आखेटोपहारको कानूनी निस्सा लिई राख्नुपर्छ।
२ उपनियम १ बमोजिम आखेटोपहारको निस्सा दिने अधिकारी देहायको क्षेत्रको लागि देहायको अधिकृत हुनेछस(
(क) काठमाडौं उपत्यकाभित्रको जिल्लाको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कार्यालयको प्रमुख,
(ख) अन्य जिल्लाहरूको लागि सम्बन्धित क्षेत्रको कन्जरभेटर वा डी।एफ।ओ।,
(ग) कुनै पनि कन्जरभेटर वा डी.एफ.ओ. को अधिकार क्षेत्रभित्र नपर्ने जिल्लाहरूको लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी।
३ ऐनको दफा १७ को उपदफा २ तथा दफा १८ को उपदफा १ बमोजिमको निस्सा अनुसूची (१५ बमोजिमको ढाँचामा दिइनेछ ।
४ उपनियम ३ बमोजिमको कानूनी स्वामित्वको निस्सा दिने अधिकार प्राप्त अधिकरीले सबै आखेटोपहारमा आफ्नो कार्यालयको निस्सा लगाई दिनुपर्छ र त्यस्तो छाप वा निस्साको विवरण कानूनी स्वामित्वको निस्सामा समेत उल्लेख गरी दिनुपर्छ ।